Skip This
गुणस्तरहीन काम गर्ने पालिका अध्यक्षसहित ११ जनाविरुद्ध मुद्दा दायर
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १६ शुक्रबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १६ शुक्रबार १५:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुणस्तरहीन काम गर्ने पालिका अध्यक्षसहित ११ जनाविरुद्ध मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १६ शुक्रबार १५:२२:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो। 
    
चक्रघट्टा गाउँपालिका– ४ सुन्दरपुरस्थित बहिदको जग्गादेखि ढुंग्राखोलासम्म पक्की नाला निर्माण गर्ने कार्यमा गुणस्तरहीन काम गरेको अभियोगमा गाउँपालिकाका अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इन्जिनियर अजय यादव र लेखापाल शिवशंकरप्रसाद कुसवाहविरुद्ध रु. तीन लाख ४१ हजार पाँच सय ४४ बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ।
    
सोही गाउँपालिका– ४ का वडाध्यक्ष अब्दुल अहद कवारी, गाउँ कार्यपालिका सदस्य विजयकुमार चौधरी र विनोद साह, इन्जिनियर अजय यादव र सबइन्जिनियर जीतेन्द्र यादवविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कारबाहीको माग गरिएको छ।
    
आयोगले उपभोक्ता समितिका अध्यक्ष शेख मोहम्मद इरफान अली, कोषाध्यक्ष हजरा खातुन र सचिव मोहम्मद इरफानविरुद्ध रु. तीन लाख ४१ हजार पाँच सय ४४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।