१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १o:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हेराल्ड कलेजका चार सय विद्यार्थी दीक्षित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:४o:oo

 हेराल्ड कलेज काठमाडौंका तीन सय ९६ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजको दीक्षान्त समारोह–२०२२ मा स्नातक तह पूरा गरेका तीन सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको हो । 

दीक्षितमध्ये तीन सय ६१ जना विद्यार्थी बिएससी (अनर्स) कम्प्युटर साइन्स र ३५ जना विद्यार्थी बिएससी (अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट विषयका रहेको कलेजले जनाएको छ । दीक्षित विद्यार्थीलाई बेलायतको उल्भर हेम्टन विश्वविद्यालयका सहउपकुलपति (प्रो भाइस चान्सलर) टिम स्टिलले प्रमाणपत्र प्रदान गरेको जनाइएको छ । कार्यक्रममा विद्यार्थीका अभिभावक, शिक्षकलगायतको उपस्थिति रहेको कलेजले जनाएको छ । 

कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल गु्रपले छात्रवृत्ति उपलब्ध गराएको जनाइएको छ । त्यसैगरी, हेराल्ड कलेजमा अन्तर्राष्ट्रिय एमबिए अध्ययन गर्नसमेत छात्रवृत्तिकोे व्यवस्था गरेको कलेजले जनाएको छ । 

दीक्षान्त समारोहमा कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश श्रेष्ठले नेपालमा उत्कृष्ट र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल रहेको बताए । यसैकारण कलेजमा अध्ययन गर्ने विद्यार्थीले भविष्यमा सजिलै रोजगारी हासिल गर्न सक्ने उनको दाबी थियो ।  

कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालयका प्रो भाइस चान्सलर टिम स्टिलले भने, ‘म यो गौरव गर्न चाहन्छु कि विश्वविद्यालयको सोचअनुसार कलेजले शिक्षा दिन सकेको छ, दीक्षित विद्यार्थीलाई प्रमाणपत्र दिन पाएकोमा खुसी लागेको छ ।’ दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै उनले भविष्यमा देशका लागि उल्लेखनीय काम गर्न हौसला दिएका थिए ।

विदेशका कुनै पनि कलेजलाई सम्बन्धन दिँदा कलेजबारे अध्ययन गरेर मात्र दिने उनको भनाइ थियो । उनले भने, ‘हेराल्ड कलेज काठमाडौंलाई दिएको सम्बन्धन र यहाँको शिक्षाले नेपालको शिक्षा क्षेत्रमा ठूलो योगदान पुगेको मैले महसुस गरेको छु ।’  

कलेजले चारवर्षे ब्याचलर अफ इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट, तीनवर्षे बिएससी (अनर्स) कम्प्युटर साइन्स र दुईवर्षे अन्तर्राष्ट्रिय एमबिए कक्षा सञ्चालन गरिरहेको जनाएको छ । 
 

ad
ad