
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा धाँधली भएको भन्दै उदयपुरका नेकपा एमाले, राप्रपा, जसपालगायतका दलले उदयपुर १ मा पुनः मतदानको माग गरेका छन् । उनीहरूले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको जारी प्रक्रिया रद्द गरी पुनः मतदानको माग गरेका हुन् ।
मतदानमा खसेकोभन्दा बढी मत गणनाको क्रममा पाइएको उनीहरूको आरोप छ ।
प्रतिनिधिसभामा एमालेकी उम्मेदवार मञ्जु चौधरी, प्रदेश सभाका उम्मेदवार कुशलबाबु श्रेष्ठ र ईश्वरमणि राउतसहित राप्रपा, जसपालगायतका दल र केही स्वतन्त्र उम्मेदवारले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतदानको माग गर्दै निवेदन दिएका छन् ।