लमजुङमा सुन सफा गर्ने बहानामा ठगी गर्ने भारतीय नागरिक पक्राउ

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

लमजुङ प्रहरीले सुन सफा गर्ने बहानामा ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। सुन सफा गरी तौल कम गर्दै ठगी गरेका भारतीय नागरिक २४ वर्षीय विवेक कुमारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

विवेकले मस्र्याङदी गाउँपालिका ३ खूदीस्थित सुनको गरगहना सफा गरी चम्कने बनाइदिन्छु भँन्दै स्थानीय तीन महिलाको गहना सिक्री तथा ब्रासलेटमा ठगी गरेको आरोपमा पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए।

विभिन्न बहानामा ठगी गर्न सक्ने हुँदा त्यस्ता व्यतिसँग सचेत रहन लमजुङ प्रहरीले नागरिकलाई आग्रह गरेको छ।

See More On

सुझावित समाचार