मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर ६ मंगलबार १७:१७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चुनावपछि पहिलो कारोबार दिन ७ अंकले घट्यो नेप्से

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार १७:१७:oo

चुनावपछि खुलेको सेयर बजार मापक नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ। मंगलबार नेप्से सूचक ७.१३ अंकले घटेर एक हजार ९२९.७१ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४६, फ्लोट इण्डेक्स ०.२१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले घटेको छ।

मंगलबार कारोबारमा आएका २२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता सेयर एक अर्ब ३५ करोड २८ लाख ८५ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। त्यस्तै, नेप्सेका १३ उपसमूहमा दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

मंगलवार जानकी फाइनान्सको सेयरमूल्य ६.२३ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्तको ३.९९ प्रतिशत, धौलागिरी लघुवित्तको ३.९७ प्रतिशत र सयपत्री हाइड्रोपावरको ३.८० प्रतिशतले बढेको छ। तर युनिलिभर नेपालको सेयर मूल्य ५.५८ प्रतिशत घटेको छ भने सिक्लेस हाइड्रोपावरको ४.४८ प्रतिशत  र अपर हेवाखोला हाइड्रोपावरको ४.३५ प्रतिशतले घटेको छ।