१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २० बिहीबार o८:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मोरङ २ मा एमालेका पोखरेल १०१ मतले अगाडि, सुजाता कोइराला पछ्याउँदै 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४o:oo

मोरङ –२ मा एमालेका ऋषिकेश पोखरेलले पाँच सय ८ मतले अग्रता लिएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ सुजाता कोइरालाले चार सय ७ मत पाएकी छन् । पोखरेल नेकपा एमालेका जिल्ला अध्यक्ष हुन् । उनी यहाँका स्थानीय बासिन्दा हुन् ।

०७० को निर्वाचनमा पोख्रेलले जीत समेत निकालेका थिए तर ०७४ मा वाम गठबन्धनका बाबजुत पनि कांग्रेस नेता मिनेन्द्र रिजालसँग पराजित हुन पुगेका थिए ।कांग्रेस नेतृ कोइराला भने मतदाताका लागि नयाँ उम्मेदवार हुन् ।

अघिल्लो निर्वाचनमा जीत निकालेका मिनेन्द्र रिजाललाई पछि पार्दै कोइराला पहिलो पटक यो क्षेत्रबाट उठेकी हुन् । गिरिजाप्रसाद कोइराला रहुन्जेल यो क्षेत्रबाट निरन्तर जीत निकाल्दै आएका थिए । उनको अवशानपछि भने कांग्रेस–एमालेले आलोपालो जित्दै आएका छन् ।

यस क्षेत्रमा कुल एक लाख २४ हजार सात सय २९ मतदाता रहेका छन् । त्यसमध्ये ८० हजार एक सय २७ ले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

ad
ad