१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा मतगणना सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:३४:oo

प्रतिनिधिसभातर्फ एउटा निर्वाचन र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा मतगणना सुरु भएको छ। सोमबार दिउँसो सवा १२ बजेबाट मतगणना हुने भने तापनि ढिला गरी दिउँसो साढे २ बजेबाट जिल्ला समन्वय समितिको सभाहलमा मतगणना सुरु भएको हो।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले प्रत्यक्षतर्फ र समानुपातिकको मतगणना एकैपटक सुरु भएको बताए। उनका अनुसार  प्रतिनिधिसभा सदस्यको २ ठाउँमा र प्रदेश सभा सदस्यको प्रदेश ‘१’ को एक ठाउँमा र प्रदेश ‘२’ को अर्को ठाउँमा गरी ४ ठाउँमा मत गणना सुरु भएको छ । 

लमजुङमा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ र सत्तागठबन्धनको तर्फबाट माओवादी केन्द्रका देवप्रसाद गुरुङ प्रतिस्पर्धामा छन् ।

 प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत आइतबार भएको मतदानमा लमजुङमा ६० दशमलव ६४ प्रतिशत मत खसेको थियो। कुल मतदाता एक लाख ३३ हजार पाँच सय ५९ रहेकोमा ८० हजार नाै सय १७ मत खसेको थियो।

ad
ad