मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार ०७:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चार महिनामा अख्तियारबाट  एक सय ३३ मुद्दा पुनरावेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार ०७:११:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर बिहीबार थप नौ मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ । यससँगै पछिल्लो चार महिनामा विशेषको फैसला अख्तियारले पुनरावेदन गरेको एक सय ३३ पुगेको छ । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले विशेषको फैसलामा चित्त नबुझेपछि आयोगको निर्णयअनुसार सर्वोच्चमा पुनरावेदन गरेको बताए । 

कृष्णहरि वाग्ले प्रतिवादी भएको २५ हजार, जय नेपाल थापा प्रतिवादी भएको ४० हजार, चित्रबहादुर केसी र कमलप्रसाद पौडेलको दुई लाख, सिद्धराज जोशीविरुद्धको ८५ हजार र देवीप्रसाद गौतम र नेत्रप्रसाद लामिछानेविरुद्धको ५० हजार बिगोका मुद्दा पुनरावेदन गरिएको छ । 

यस्तै, सुरेन्द्र अधिकारीको एक लाख ५० हजार, नारायणराज मिश्रको ४० हजार, प्रकाश तिवारीको ६ हजार र लोकराज जोशी प्रतिवादी भएको २४ हजार बिगोको मुद्दा अख्तियारले पुनरावेदन गरेको हो । 

दायर भएका मुद्दामा सफाइ दिएको भन्दै अघिल्लो साता आयोगले पत्रकार सम्मेलन नै गरेर असन्तुष्टि व्यक्त गरेको थियो । आयोग आफैँले रकम दिएर गर्ने स्टिङ अप्रेसन गैरसंवैधानिक हुने सर्वोच्चको ८ वैशाख ०७८ को फैसलापछि त्यससम्बन्धीका अधिकांश मुद्दाका प्रतिवादीलाई विशेष अदालतले सफाइ दिएको थियो । अहिले अख्तियार पुनरावेदन गएका अधिकांश मुद्दा पनि घुस रिसवतकै छन् ।