मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
२o८३ भदौ १२ शुक्रबार १o:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रसुवाको जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार तीव्र, दुई जनाको सकुशल उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार १o:५२:oo

रसुवास्थित एक जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीका कारण फसेका मानिसहरूको उद्धार कार्य नेपाली सेनाले आज बिहानैदेखि तीव्र पारेको छ।

जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बीच उद्धारमा खटिएको नेपाली सेनाको टोलीले हालसम्म सुरुङबाट दुई जनालाई सकुशल उद्धार गरेको छ। सुरुङभित्र अझै कति जना फसेका छन् भन्ने यकिन हुन नसकेकाले खोजी तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।

सुरुङभित्रको अवस्था चुनौतीपूर्ण रहे पनि नेपाली सेनाले प्राविधिक उपकरण तथा विशेष तालिमप्राप्त उद्धार टोली परिचालन गरी फसेका व्यक्तिहरूको खोजी गरिरहेको छ।

बाढीका कारण सुरुङभित्र पानी तथा अन्य अवरोध सिर्जना भएकाले उद्धारमा कठिनाइ भइरहेको बताइएको छ। जोखिमपूर्ण अवस्थाका बाबजुद उद्धार टोलीले बाँकी व्यक्तिहरूको खोजी र सकुशल उद्धारका लागि प्रयास जारी राखेको छ।

घटनास्थलमा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक प्राविधिक तथा सुरक्षा व्यवस्थासमेत मिलाइएको छ। सुरुङभित्र फसेका व्यक्तिहरूको वास्तविक संख्या र घटनाको थप विवरण भने खोजी तथा उद्धार कार्य अघि बढेसँगै स्पष्ट हुने अपेक्षा गरिएको छ।