मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
गणेश लम्साल विराटनगर
२o८३ भदौ १२ शुक्रबार १o:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रसुवा बाढीमा  कोशी प्रदेशबाट १३० जना अझै  सम्पर्कविहीन 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार १o:४४:oo

रसुवामा गएको बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्लाबाट गएका १३० जना व्यक्ति सम्पर्कविहीन भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हराएकामध्ये ८ जना सम्पर्कमा आइसकेपनि अझै विभिन्न जिल्लाका १३० जना हराइरहेका छन्। 

सबैभन्दा बढी सोलुखुम्बु (सोलु) जिल्लाबाट ३८ जना हराएका छन्। यसैगरि सुनसरीबाट १७, मोरङबाट १४, उदयपुरबाट १३ र ओखलढुंगाबाट १२ जना सम्पर्कविहीन छन्।झापाबाट ८, इलामबाट ९ ताप्लेजुङबाट ६, संखुवासभाबाट ३, खोटाङबाट ८, धनकुटाबाट १ र भोजपुरबाट १ जना हराइरहका छन्। 

कोशीको पाँचथर र तेह्रथुम जिल्लाबाट हराएकाहरुको  कुनै विवरण प्राप्त भएको छैन। कोशी प्रहरी र स्थानीय प्रशासनले  रसुवा बाढीमा कोही आफन्त सम्पर्कविहिन भएको भए नजिकको प्रहरी वा प्रशासन कार्यालयमा जानकारी प्रहरीले सार्वजनिक सूचना जारी गरेका छन्। 

प्रहरीका अनुसार रसुवा बाढीमा सम्पर्क विहिन भएकाहरुमा धेरै जसो  कामको सिलसिलमा रहेका र धार्मिक तीर्थाटनमा गएकाहरु रहेका छन्।