मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 04 September, 2025
Invalid date format १२:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षा सुधारका लागि प्रधानाध्यापकलाई मोटरसाइकलदेखि प्राधानाध्यापक थप भत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५१:oo

ठाकुरबाबा नगरपालिकाले सामुदायिक विद्यालयलाई सुधार गर्नका लागि प्रधानाध्यापकको सेवा–सुविधामा थप गरेको छ । पालिकाले प्रधानाध्यापकको मनोबल उच्च राख्नका लागि भन्दै संघीय सरकारले दिँदै आएको आएको भत्तामा वृद्धि गरी थप भत्ता दिएर प्रधानाध्यापकको सेवा–सुविधा  थप गरेको हो ।

पालिकाले संघीय सरकारले उपलब्ध गराउँदै आएको प्रधानाध्यापकको माध्यमिक तहको भत्तामा ६ सय प्रतिशत वृद्धि गरी मासिक तीन हजार रुपैयाँ, आधारभूत तहमा ८३३ प्रतिशत वृद्धि गरी २५ सय रुपैयाँ, प्राथमिक तहमा एक हजार प्रतिशत वृद्धि गरी दुई हजार रुपैयाँ प्रधानाध्यापकलाई भत्ता वृद्धि गर्ने निर्णय भएको पालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताए । प्रधानाध्यपकलाई दिइने थप सेवा सुविधाले कुशल नेतृत्व र जवाफदेहिता अभिवृद्धि हुने पालिकाले विश्वास लिएको उनले बताए । 

प्रधानाध्यापकबाट विद्यालयमा नवप्रवर्तनात्मक कार्य गर्न रु. ६ लाख बजेट प्रस्ताव गरी सोको कार्यान्वयनका लागि विद्यालयहरूबाट प्रस्तावना माग गर्ने निर्णयसमेत गरिएको उपप्रमुख विना भट्टराईले बताइन् । उनले भनिन्, ‘यसरी सिर्जनात्मक एवं नवप्रवर्तनात्मक कार्य गर्नका लागि विद्यालयहरूले बजेट तथा अन्य आवश्यक सहायता प्राप्त गर्नेछन्। जसले नवीनतम पद्धतिको अवलम्बन गर्दै, समग्र  शिक्षाको गुणस्तर वृद्धि गर्नमा अहम् भूमिका खेल्ने विश्वास लिएका छौँ ।’

पालिकाभित्र रहेका नौवटा माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई यसअघि पालिकाले सेतो प्लेटको मोटरसाइकल दिएको थियो । पालिकाले शैक्षिक वर्ष २०८१ मा जनप्रतिनिधि  र कर्मचारी शिक्षकको छोराछोरीले अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने नीति ल्याएको थियो । 

 

छुटाउनुभयो की ?