मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १९ बिहीबार ११:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिमा कम्पनीले सरकारी ऋणपत्रमा गर्नुपर्ने लगानीको सीमा बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार ११:५४:oo

अब बिमा कम्पनीहरूले सहायक कम्पनी र अन्य बिमा कम्पनीमा लगानी गर्दा मात्रै नियामक निकाय नेपाल बिमा प्राधिकरणको स्वीकृति लिए पुग्ने भएको छ । अन्य क्षेत्रमा भने तोकिएको सीमामा रहेर कम्पनीले सीधै लगानी गर्न सक्ने व्यवस्था गरिएको हो । प्राधिकरणले बुधबार ‘बिमक लगानी निर्देशन, २०८२’ जारी गर्दै सहायक कम्पनीमा लगानी गर्न पाउने व्यवस्थालाई थप व्यवस्थित बनाएको छ ।  

अब जीवन बिमा तथा लघुबिमा कम्पनीले पोर्टफोलियोअनुसार लगानी व्यवस्थापन गर्नुपर्ने भएको छ । एकभन्दा बढी पोर्टफोलियोबाट एकै क्षेत्रमा लगानी गर्न पनि कडाइ गरिएको छ । ‘बिमकले एकभन्दा बढी पोर्टफोलियोबाट एकै सम्पत्ति खरिद गरेको वा लगानी गरेको अवस्थामा प्रत्येक पोर्टफोलियोबाट भएको खरिद रकम वा लगानी रकम खुल्ने गरी सम्पत्ति वा लगानीको हिसाब–किताब राखुपर्नेछ,’ निर्देशनमा भनिएको छ । प्राधिकरणका उपनिर्देशक विरोध वाग्लेले बिमा कम्पनीको लगानीलाई थप व्यवस्थित बनाउन नयाँ व्यवस्था गरिएको बताए । कम्पनीलाई सरकारी सुरक्षणपत्र र नेपाल राष्ट्र बैंकबाट जारी हुने ऋणपत्रमा लगानी गर्न कुनै प्रकारको बन्देज र सीमा लागू नहुने उनले बताए । 

निर्देशनअनुसार अब बिमा कम्पनीले आफ्नो प्रकृतिअनुसार सरकार र नेपाल राष्ट्र बैंकको बचत तथा ऋणपत्रमा न्यूनतम ३० प्रतिशत र ३५ प्रतिशत लगानी गर्नुपर्ने भएको छ । यसअघि जीवन, लघु जीवन र लघु निर्जीवन बिमा कम्पनीले यसमा न्यूनतम २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था थियो । निर्जीवन र पुनर्बिमा कम्पनीले भने २० प्रतिशतको अनुपातमा लगानी गर्नुपर्ने व्यवस्था थियो । वाणिज्य बैंकको मुद्दती निक्षेपमा गर्नुपर्ने लगानीको सिमा भने यथावत् राखिएको छ । सबै प्रकृतिका कम्पनीले वाणिज्य बैंकको निक्षेपमा न्यूनतम ३० प्रतिशतको अनुपातमा लगानी गर्नुपर्छ । 

छुटाउनुभयो की ?