मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १६:१२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचकमा ८० अंकको सुधार, कारोबार रकम २० अर्ब नाघ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:१२:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ८०.९७ अंकले बढेर दुई हजार ९७३.७० विन्दुमा कायम भएको हो । यो २.७९ प्रतिशतको वृद्धि हो ।

नेप्सेमा आज ३१९ कम्पनीको चार करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर एक लाख ७७ हजार १०१ पटक खरिद–बिक्री हुँदा रु. २० अर्ब आठ करोड ५३ लाख ६७ हजार २९३ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु. ४९ खर्ब ६२ अर्ब १२ करोड नाघेको नेप्सेले जनाएको छ ।

सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ४.६३, जीवन बिमा समूह ४.३६ र लघुवित्त समूह ४.०७ प्रतिशतले बढेको छ । बैंकिङ २.१०, विकास बैंक २.२६, वित्त १.९४, होटेल तथा पर्यटन ३.४४ र जलविद्युत् समूह १.९० प्रतिशतले बढेको छ । त्यसैगरी, लगानी ३.३४, म्युचुअल फन्ड ०.५६, निर्जीवन बिमा २.५६, व्यापार १.०१ र अन्य समूह ३.२६ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा ट्रेड टावर लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड, सान्भी इनर्जी लिमिटेडलगायत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा एलबिबिएल डिबेन्चर– २०८९ तीन दशमलव ९४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु. ७१ करोड ८८ लाख ८५ हजार ७४५ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै सनराइज फोकस्ड इक्विटी फन्डको २२ लाख ३७ हजार ३९५ कित्ता सेयर खरिद–बिक्री भएको छ ।