मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ७ बुधबार १o:४२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘वर्ल्ड सुप्रिमेसी ब्याटलग्राउन्ड’मा नेपाको प्रस्तुति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार १o:४२:oo

नृत्य प्रशिक्षण संस्था नेपा डान्स एकेडेमीका १० विद्यार्थीको टोलीले दुबईमा सम्पन्न ‘वर्ल्ड सुप्रिमेसी ब्याटलग्राउन्ड २०२५’मा प्रस्तुति दिएका छन् । विश्वस्तरीय उक्त नृत्य प्रतियोगितामा सहभागी भई विद्यार्थीले विभिन्न नृत्य शैलीहरूमा आफ्नो प्रतिभा प्रदर्शन गरेको नेपा डान्स एकेडेमीले जनाएको छ ।

प्रतियोगितामा विश्वका विभिन्न ३० राष्ट्रबाट आएका उत्कृष्ट डान्स क्रुहरू सहभागी थिए । नेपा डान्स एकेडेमीका विद्यार्थी सेमिफाइनलमा शीर्ष दुई स्थानमा पर्दा फाइनलमा शीर्ष पाँच स्थानमा पर्न सफल भए । यो उपलब्धिले नेपाली नृत्यकलालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको एकेडेमीले जनाएको छ ।