मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ७ बुधबार १o:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बिपीको मेलमिलाप नीति  आज पनि सान्दर्भिक : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार १o:२५:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन् ।  कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा मंगलबार बिपी स्मृति अस्पताल, बिपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागले संयुक्त रूपमा आयोजना गरेको ‘देश विकास र देशवासीको उन्नतिको आधार बिपी’ विषयक अन्तक्र्रियामा उनले बिपीको मेलमिलाप नीति आज पनि सान्दर्भिक भएको बताए । 

देउवाले जीवनभर देश र जनताका लागि सर्वस्व दिएर अविचलित रूपमा लोकतन्त्रको पक्षमा बिपी कोइराला उभिएको स्मरण गरे । ‘वास्तवमा बलियो कांग्रेस र राष्ट्रिय शक्तिहरूबिचको मेलमिलापले मात्र देश स्वाधीन र समृद्ध हुन्छ भन्ने बिपीको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ,’ उनले भने । 

राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता, मुलुकको समृद्धि, सामाजिक सदभाव ठुलो हो भन्नेमा बिपीको दृढ मत भएको उनको भनाइ थियो । उनले बिपी कोइराला राजनीतिमा मात्र नभई साहित्यको क्षेत्रमा पनि चम्किलो नक्षत्र भएको उल्लेख गरे। प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र चिन्तन, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्‍याएको सभापति देउवाले बताए ।

बिपी कोइरालाको राजनीतिक र साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन भएको उनको भनाइ थियो । उनले बिपी कोइराला सधैँ आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको अपरिहार्यता हो भन्नेमा अडिग नेता भएको बताए । 

कांग्रेस नेता शेखर कोइरालाले एमालेले कांग्रेसको प्रतिष्ठामै आक्रमण गरेको भन्दै भ्रष्टाचारमा मुछिएका मन्त्रीको राजीनामा माग्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकलाई सदनमा पारित गर्ने क्रममा सांसदहरूले पनि अध्ययन नगरेर गल्ती गरेको स्विकारे ।