मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका विराटनगर
२o८२ श्रावण ७ बुधबार १o:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घुसकाण्डमा मुछिएका मन्त्री पदमै, एमालेको फास्ट ट्र्याक दबाबले शंका थपियो : डा. शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार १o:o९:oo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पोखरा जग्गा घुस प्रकरणमा मुछिएका एमालेका दुईमध्ये एक भूमि व्यवस्थामन्त्री अझै पदमा बसिरहेकै अवस्थामा एमालेले भूमि विधेयक फास्ट ट्र्याकबाट पास गरौँ भन्ने प्रस्तावले शंका उत्पन्न गराएको भन्दै आपत्ति जनाएका छन्।   

बुधबार सामाजिक सञ्जाल फेसबुकमा आफनो भनाइ सार्वजनिक गर्दै नेता कोइरालाले  पोखरा जग्गा घुस प्रकरणमा एकजना मन्त्रीले राजीनामा दिइसक्दा अर्को आरोपित मन्त्री बलराम अधिकारीकै नेतृत्वमा फास्ट ट्र्याकमा एमालेले भूमि विधेयक पारित गराउन लागेको भन्दै आपत्ति जनाएका हुन्। 

फेसबुक स्टाटसमा उनले घुसकाण्डमा आरोपित मन्त्रीकै अगुवाइमा भूमि विधेयक फास्ट ट्रयाकमा ल्याउन लागेकोबारे आपत्ति जनाउँदै भनेका छन्, ‘यो अवस्थालाई छुट्टाछुट्टै मान्न सकिँदैन, एमालेको दबाबले प्रशस्त शंका उब्जाएको छ। नेपाली कांग्रेसले खोजेको सुशासन यस्तो होइन ।’ डा. कोइरालाले घुसकाण्डमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलियामाथि निष्पक्ष छानबिन हुनुपर्ने र भूमि विधेयक उनले फास्ट ट्र्याकबाट होइन, संसदीय समितिमा गहन छलफलमार्फत मात्र अघि बढाउनुपर्ने बताए। 

पोखरा जग्गा प्रकरणमा घुस डिल भएको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका समान्यप्रशासन तथा संघीय मामिलामन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिइसकेका छन्। उनको बारेमा अख्तियारले समेत छानबिन गर्दै छ। तर, सोही जग्गा प्रकरणमा घुस डिलमा आरोपित भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले भने अझै राजीनामा दिएका छैनन् । बरु उनी अडियो रक्सी खाएर उत्पादन गरेको र आफ्नो सहभागिता नभएको भनेर पदमा बसिरहेका छन्।