मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २० शुक्रबार
  • Friday, 05 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २० शुक्रबार ११:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चाडपर्वमा महालक्ष्मी विकास बैंकको क्रेडिट कार्डमार्फत टुर प्याकेज योजना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २० शुक्रबार ११:२९:oo

महालक्ष्मी विकास बैंकले आगामी चाडपर्वलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने योजना ल्याइएको हो । 

यसका लागि बैंकले विभिन्न ट्राभल एजेन्सीसँग व्यावसायिक सम्झौतासमेत गरिसकेको छ । पहिलो चरणमा पर्यटकले गुरु ट्राभल्स, दरबारमार्ग र रिसेन्ट एन्ड रिदम टुर्स एन्ड ट्राभल्समार्फत यो सुविधा लिन सक्नेछन् ।

बैंकका क्रेडिट कार्डवाहकले विभिन्न टुर प्याकेज खरिद गर्दा प्याकेजको मूल्यबराबरको रकम भुक्तानी ६ देखि १२ महिनासम्मको लचिलो अवधिमा मासिक रूपमा भुक्तान गर्न मिल्ने गरी रूपान्तरण गर्नसमेत सक्ने बैंकले जनाएको छ । यो सुविधा लिन आफूले खरिद गरेको टुर प्याकेजको बिल पेस गर्नुपर्नेछ, जसलाई बैंकले सहजै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ । 

छुटाउनुभयो की ?