मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २० शुक्रबार
  • Friday, 05 September, 2025
२o८२ भदौ २० शुक्रबार १o:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोटरसाइकलको भाइजरमा राइफलको गोली, दुईजना नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २० शुक्रबार १o:५६:oo

बाराको पचरौता नगरपालिका– १ मा मोटरसाइकलको भाइजरभित्र राइफलको गोली फेला परेपछि बारा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये सिम्रौनगढ नगरपालिका– १ का ७२ वर्षीय रामभजन राय यादव र पचरौता नगरपालिका– १ का ४० वर्षीय अरुणकुमार सिंह रहेका छन् ।

बारा प्रहरीका अनुसार भदौ १७ गते बिहान करिब ११:३० बजे सिम्रौनगढ नगरपालिका– १ का यादवले चलाइरहेको बिआर ०५ एक्स ८२८५ नम्बरको मोटरसाइकल पचरौता नगरपालिका– १ स्थित वडा कार्यालयअगाडिको सडक खण्डमा प्रहरीले नियमित जाँच गर्ने क्रममा मोटरसाइकलको भाइजरमा थ्री नट राइफलको एक राउन्ड गोली फेला पारेको थियो ।

प्रहरीले तत्कालै गोली बरामद गर्दै मोटरसाइकलचालक यादवलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा यादवले आफूमाथि षड्यन्त्रपूर्वक गोली राखिएको दाबी गरेका छन् भने उनले यसमा स्थानीय अरुणकुमार सिंहको संलग्नता रहेको आरोप लगाएका थिए । यादवको बयानका आधारमा प्रहरीले मंगलबार साँझ करिब ५ बजे सिंहलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। उनले भने, ‘जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरेर दुवैजनामाथि थप कारबाही अघि बढाइएको छ।’

हाल प्रहरीले गोली कहाँबाट आएको, कसरी मोटरसाइकलमा राखिएको र यसमा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धानलाई तीव्र पारेको छ ।

छुटाउनुभयो की ?