
एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकका अनुसार हाल कायम चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँले हुने १४ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करसहित ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।