मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २० शुक्रबार
  • Friday, 05 September, 2025
गणेश लम्साल विराटनगर
२o८२ भदौ २० शुक्रबार १o:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विराटनगर भन्सारबाट एक वर्षमा साढे ३६ करोडको औषधि आयात 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ भदौ २० शुक्रबार १o:२o:oo

विराटनगर भन्सार कार्यालयबाट एक वर्षमा  साढे ३६ करोडबराबरको औषधि आयात भएको छ ।  भन्सार कार्यालयबाट आर्थिक वर्ष ०८१/८२ मा  ३६ करोड १९ लाख ८७ हजार अर्ब मूल्यबराबरको नौ लाख दुई हजार किलो औषधि आयात भएको हो । तथ्यांकअनुसार गत आर्थिक वर्षको अवधिमा दोस्रो र तेस्रो मुलुकबाट आयात भएका औषधिहरूबाट विराटनगर भन्सार कार्यालयले  आठ करोड १४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । 

विराटनगर भन्सारबाट सबैभन्दा धेरै  एलोपेथिक औषधि आयात  हुँदै आएको छ । गत वर्ष विराटनगर नाकाबाट २८ करोड १४ लाख ४४ हजार  रुपैयाँबराबरको आठ लाख दुई हजार किलोभन्दा बढी औषधि आयात  भएको छ। जसबाट विराटनगर भन्सारले  ३७ लाख  ५० हजारभन्दा बढी राजस्व संकलन गरेको छ।यस्तै, गत वर्ष विराटनगर भन्सारबाट सात करोड  ८९ करोड रुपैयाँबराबरको ८८ हजार नौ सय किलोभन्दा बढी होमियोप्याथिक र आयुर्वेदिक औषधिहरू  आयात भएको छ। यसबाट भन्सारले ३९ लाख ४८ हजार  राजस्व प्राप्त गरेको छ । 

विराटनगर भन्सारबाट गत वर्ष एक करोड ६३ लाख ३७ हजारबराबरको ११ सय ७० किलो भिक्स र भिक्सजन्य औषधि आयात भएको छ। जसबाट भन्सारले तीन लाख ९९ हजार राजस्व संकलन गरेको छ । विराटनगर भन्सारमा अघिल्ला आर्थिक वर्षभन्दा  औषधि आयात हरेक बर्ष बढ्दो रहेको छ।  

अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा विराटनगर भन्सारबाट २८ करोड ३९ लाख २६ हजार रुपैयाँभन्दा बढीको नौ लाख ४३ हजार किलो औषधि आयात भएको थियाे । जसमा एलोपेथिक औषधि २० करोड ७५ लाख ८८ हजारबराबरको आयात भएको छ। यसैगरी होमियोप्याथिक र आयुर्वेदिक औषधि सात करोड ३२ लाख ११ हजार अनि भिक्स र भिक्सजन्य औषधिहरू ३१ लाख २५ हजारबराबरको आयात भएको छ।  
 

छुटाउनुभयो की ?