ओली भन्छन्- जे गर्छ एमालेले गर्छ, अरूकाे त कुरा मात्रै हो

सोमबार, २८ कार्तिक, २०७९
डिजिटल संस्करण

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनभित्रका पार्टीका घोषणापत्र जनता झुक्याउनका लागि भएको बताएका छन्। उनले अरू पार्टीका घोषणापत्र कार्यान्वयन गर्न नभएर जनता झुक्याउन ल्याइएको बताएका छन्। 

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन बनेको छ, पछि पनि चल्छ अरे। गठबन्धनले सरकार बनायो भने के गर्ने ? उहाँहरू आफ्ना-आफ्ना घोषणापत्र छन्। बाझिएका छन्। एउटा भन्छ, गणतन्त्र मान्दिनँ, र्को भन्छ गणतन्त्र नभई हुँदैन। एउटा भन्छ, प्रत्यक्ष राष्ट्रपति, अर्को भन्छ प्रत्यक्ष प्रधानमन्त्री।’

उनले एमालेले जारी गरेको घोषणापत्र पार्टीको घोषणापत्र मात्र नभई देश बनाउने मार्गचित्र भएको दाबी गरे। ‘हाम्रो घोषणापत्र देशको गन्तव्य, विधि र बाटो हो । यसले देश अगाडि कसरी बढ्छ ? उद्योगको स्थापना र व्यापार सन्तुलन कसरी बनाउने? असन्तुलन कसरी हटाउने? आत्मनिर्भरतातिर देशलाई कसरी लाने? गठबन्धनले ध्वस्त पारेको अर्थतन्त्रलाई फेरि कसरी सही बाटोमा जैजाने ? यी सब कुराको ग्यारेन्टी गरेको छ।’

उनले अगाडि थपे, ‘अरूले पार्टीको घोषणापत्र जारी गर्दा किताबको खोल देखाए। हामीले खोल देखाएनौँ। हामीले विगतमा के गयौँ ? आज केको तयारी गयौँ र भोलि के गछौँ भन्ने कुरा बतायौँ । बेग्लै तरिकाले हामीले सार्वजनिक गयौँ। हामी कसरी अगाडि बढ्छौँ भन्ने कुरा हाम्रो घोषणापत्रले ग्यारेन्टी गर्छ। जे गर्छ एमालेले गर्छ, अरूले त कुरा गर्ने हो। हरेक चुनावमा हुलाकी राजमार्ग बनाउँछौँ भनेर मधेसमा भाषण घन्कियो। एमाले आयो, हुलाकीसडक बनायो, कुरै सकियो। मेलम्चीको पानी एमालेले काठमाडौंमा ल्यायो।’

उनले महाकालीदेखि मेचीसम्म, पहाडदेखि तराईका घुम्दा नेपाली जनताले फैसला लिइसकेको उनले दाबी गरे। उनले भने, ‘राष्ट्रियता, लोकतन्त्र, सुशासन, विकास बोकेको एमालेमा जनताको असाधारण उत्साह, संकल्प र सहभागिता छ।’
 

सुझावित समाचार