दलकै निर्वाचन खर्च सीमा ५ कराेड ५० लाख

मंगलबार, १५ कार्तिक, २०७९
डिजिटल संस्करण

निर्वाचन आयाेगले दलहरूकाे उम्मेदवार खर्च सीमा ताेकेकाे छ। समानुपातिक उम्मेदवारकाे संख्याकाे आधारमा कुन दलले कति खर्च गर्न पाउने सीमा ताेकेकाे हाे। 

आयाेगकाे मंगलबारकाे निर्णयअनुसार प्रदेशमा प्रतिउम्मेदवार डेढ लाख र प्रतिनिधिसभामा दुई लाख खर्च गर्न पाइनेछ। प्रतिनिधिसभामा समानुपातिकतर्फ ११० र प्रदेशतर्फ २२० सिट छन्। जसअनुसार प्रतिनिधिसभाकाे समानुपातिकतर्फ दलहरूले अधिकतम २ कराेड २० लाखसम्म खर्च गर्न पाउनेछन्। 

प्रदेश सभा समानुपातिकतर्फ अधिकतम ३ कराेड ३० लाख खर्च गर्न पाउनेछ। आयाेगकाे निर्णयअनुसार एउटा दलले अधिकतम ५ कराेड ५० लाखसम्म खर्च गर्न पाउनेछ।

सुझावित समाचार