एमाले उम्मेदवार जुली महतोलाई स्पष्टीकरण

शनिबार, १२ कार्तिक, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले धनुषा- ३ का उम्मेदवार जुलीकुमारी महतो (महासेठ) लाई स्पष्टीकरण सोधेको छ।

नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएकी महतोले तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिह्नमा मत मागेको फोटो सार्वजनिक भएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो। 

आयोगले महतोलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ।

सुझावित समाचार