व्यवस्था फेरियो तर फेरिएन हुम्लीको अवस्था

आइतबार, ६ कार्तिक, २०७९
डिजिटल संस्करण

सर्केगाड गाउँपालिका– ३ का ४२ वर्षीय गोर्ख फडेरा दिसापिसाब रोकिएर घरमै थला परे। गाउँमा न त औषधि छ न त दक्ष स्वास्थकर्मी नै। 

आधारभूत सामुदायिक स्वास्थ्य इकाइ उनापानीमा फडेराको उपचार सम्भव नभएपछि उनका भतिज छिरिङ फडेराले दुई दिन पैदल बोकेर सदरमुकाम ल्याए। 

लामो समय सडक अवरुद्ध भएपछि दुई दिनको बाटो बोकेर उपचारका लागि ल्याएको सदरमुकाम ल्याएको फडेराले दुःखेसो पोखे। 

उनले नयाँ पत्रिकासँग भने, ‘सदरमुकाम सिमकोट पुग्न पनि निकै सकस भयो। ६ जनाले पालैपालो बिरामी बोकेर ल्यायौँ। साह्रै गाह्रो भयो।’  

दुई दिन बोकेर सदरमुकाम ल्याएका फडेरालाई जिल्ला अस्पतालले नेपालगन्ज मेडिकल कलेज रेफर गरेको छ। जिल्लाबाहिर रेफर गरिएपछि वडाध्यक्ष अकिल कार्कीले उपचारमा पहलकदमी लिएको गोर्ख फडेराका साला सत्य थापाले बताए। 

आगामी मंसिर ४ गतेको लागि जिल्लाका ठूला-साना दलका नेता चुनावी प्रचारमा जुटेका छन्। तर, जिल्लाभरका सडक बाढीपहिरोले लामो समय अवरुद्ध छन्। 

जिल्ला अस्पताल हुम्लामा मात्रै नभई जिल्लाभरिका स्वास्थ्य संस्थामा औषधि अभाव छ। हुम्ला जिल्लाका दुई डिपो र बिक्री केन्द्रमा दुई वर्षदेखि खाद्यान्न अभाव छ। पुराना नेताका पुरानै प्रतिबद्धता छन्। 

तस्बिर सौजन्य : छिरिङ फडेरा 
 

See More On

सुझावित समाचार