काठमाडाैं- शुक्रबार अपराह्न ५:१९ बजे सादा पोसाकका प्रहरी नयाँ पत्रिकाको कार्यालयमा प्रवेश गरेका थिए । उनीहरूले नयाँ पत्रिकाकर्मी नवराज मैनालीलाई पक्राउ गर्न जबर्जस्ती ‘न्युजरुम’मा पसेर अढाई घण्टा नयाँ पत्रिकाको कार्यालय आतंकित बनाए । कार्यालयकाे आँगनमा हतियारधारी प्रहरी उभिएका थिए । साँझ ७:४० बजे नयाँ पत्रिकाबाट प्रहरी समूह बाहिरिएको थियो । यसैगरी शुक्रबारै थप चार सञ्चारगृहका न्युजरुममा समेत प्रहरी प्रवेश गरेर पत्रकारलाई धरपकड गरेका थिए ।
नयाँ पत्रिकमा प्रवेश गर्दै सादा पोसाकका प्रहरी
न्युजरुममा पत्रकारहरू
नयाँ पत्रिकामा आएका प्रहरीसँग छलफल गर्दै नेपाल पत्रकार महासंघकका महासचिव रामप्रसाद दाहाल (खैरो क्याप लगाएका)
अपराध महाशाखा र साइबर ब्युरोबाट आएका प्रहरीसँग छलफल गर्दै कार्यकारी सम्पादक खगेन्द्र पन्त
नयाँ पत्रिका कार्यालयमा पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, प्रेस युनियनका महासचिव दिलीप पौडेललगायत
नयाँ पत्रिकाबाट बाहिरिँदै प्रहरी
पत्रकार महासंघका उपाध्यक्ष नीतु पण्डितसहितको टोली नयाँ पत्रिकामा