वर्षाको चेतावनीपछि धान जोगाउन चटाराे [फोटोफिचर]

बुधबार, ११ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालमा वर्षा हुने सम्भावना बढेपछि किसानले धान भित्र्याउन तीव्रता दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाले अक्टोबर २९ देखि नोभेम्बर १ सम्म देशका विभिन्न भागमा वर्षा तथा हिमपात हुन सक्ने चेतावनी दिएको छ। अक्टोबर ३० र ३१ मा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने अनुमान गरिएको छ।

धान भित्र्याउने समयमा पानी परे ठुलो आर्थिक क्षति व्यहोर्नुपर्ने भएकाले किसान सम्भावित वर्षाबाट बाली जोगाउन धान काट्ने, झार्ने र सुकाउने काममा व्यस्त छन्। 

तस्बिरमा हेर्नुस् ललितपुरको बुङमतीको दृश्य :

null

null

null

null

null

null

null

nullnullnullnullnullnullnull

सुझावित समाचार