दसैँका लागि गाउँ फर्किनेको जडीबुटीमा भिड (फोटोफिचर)

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । दसैँ मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै काठमाडौंको जडीबुटी क्षेत्रमा भिड लागेको छ। रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बस्दै आएका सर्वसाधारण परिवारसँग दसैँ मनाउन गाउँ फर्किन थालेका छन्।

यात्रुहरू झोला तथा सामान बोकेर गाडीको प्रतीक्षामा बसिरहेका छन्। दसैँ नजिकिएसँगै नयाँ बसपार्क, कलंकी, कोटेश्वर र जडीबुटीलगायतका क्षेत्रमा यात्रुको चहलपहल बढेको छ। सडकमा सवारीसाधनको चापसमेत बढेको छ।

यात्रुको चाप बढेसँगै सम्बन्धित निकायले सुरक्षित यात्रा गर्न, टिकट काटेर मात्र यात्रा गर्न र तोकिएको भाडा तिर्न आग्रह गरेको छ ।
तस्बिरहरू 

null
nullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

सुझावित समाचार