भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरको गुन्डुमा मखमली फूल टिप्ने र माला उन्ने चटारो बढेको छ। दसैँ सकिएपछि स्थानीय किसान तथा फूल व्यवसायी तिहारका लागि मखमली फूल टिपेर माला बनाउन व्यस्त छन्। यहाँका खेतबारी र करेसाबारी यतिवेला मखमली फूलले ढकमक्क ढाकिएका छन्।
गुन्डुका किसानले असार–साउनदेखि नै मखमली फूल टिप्ने र माला उन्ने काम सुरु गर्छन्। बिहान फूल टिप्ने र दिउँसो माला उन्ने यहाँका स्थानीयको दिनचर्या बनेको छ। तिहारकाे भाइटीकामा विशेषगरी मखमली फूलको माला प्रयोग हुने भएकाले यस समयमा फूलको माग बढ्ने गर्छ।
हेर्नुस् केही तस्बिरहरू :















