\'फ्री\'मा विदेश पठाइदिने प्रलोभन दिएका पूर्वमन्त्री श्रेष्ठसँग आयोगले माग्यो स्पष्टीकरण

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

आचारसंहिता उल्लंघन गर्दै निर्वाचन प्रचारप्रसार गरेको विषयमा निर्वाचन आयोगले पूर्वश्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)सँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ।

एकीकृत समाजवादीबाट बारा– ४ मा उम्मेदवार बनेका श्रेष्ठले बेरोजगार युवालाई फ्री भिसा, फ्री टिकटमा विदेश पठाइदिने प्रलोभन देखाएकाे आयोगले जनाएको छ।

मतदातालाई प्रलोभन देखाएको उक्त भिडियो प्राप्त भएको भन्दै आयोगले श्रेष्ठलाई आफ्नो उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालय वा आयोगमा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

सुझावित समाचार