आचारसंहिता कार्यान्वयन गर्न दल र उम्मेदवारलाई आयोगले दियो सातबुँदे निर्देशन

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता कार्यान्वयन गर्न सातबुँदे निर्देशन दिएको छ।  लाभको पदमा रहेका राजनीतिक व्यक्तित्वले निर्वाचन प्रचारप्रसार गर्दा आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले सातबुँदे निर्देशन दिएको हो।

सरकारी स्रोत–साधन उपयोग गरी निर्वाचन प्रचारप्रसार गर्ने, घरदैलो कार्यक्रममा सुरक्षाकर्मी तथा २५ जनाभन्दा बढी जुलुसमा हिँड्नेजस्ता कार्य गरी आचारसंहिता उल्लंघन गरेको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको हाे।

सुझावित समाचार