बागमती प्रदेश प्रमुखले जारी गरे दुई अध्यादेश

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार दुई अध्यादेश जारी गरेका छन्। प्रदेश प्रमुख शर्माले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका हुन्।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम बागमती प्रदेश सरकारको सिफारिसमा अध्यादेश जारी गरेका प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

सुझावित समाचार