ललितपुरमा माओवादीबाट ‘बागी’ उठेका राजुले लिए उम्मेदवारी फिर्ता

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

ललितपुरमा नेकपा माओवादी केन्द्रबाट ‘बागी’ उठेका राज आलेमगरले उम्मेदवारी फिर्ता लिएका छन्। 

ललितपुर १ प्रदेश सभा (क) मा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार हरि दाहालविरुद्ध ‘बागी’ उठेका राजु आलेमगरले उम्मेदवारी फिर्ता लिएका छन्। 

बुधबार क्षेत्रीय निर्वाचन कार्यालय ललितपुरमा गएर उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए।

सुझावित समाचार