नवौँ राष्ट्रिय खेलकुद : एउटै पालिकाबाट १५ जना छनोट

मंगलबार, २५ असोज, २०७९
डिजिटल संस्करण

धनुषाको एउटै पालिकाबाट १५ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन्। जिल्लाको मिथिला नगरपालिकाबाट १५ खेलाडी छनोट भएका हुन्।

छनोट भएकामध्ये १४ हकीका र एकजना खो–खोका खेलाडी भएको स्थानीय हिमालय युवा क्लबका पूर्वअध्यक्ष अरुणकुमार महतोले जानकारी दिए।

१५ खेलाडीमध्ये सात पुरुष र आठ महिला रहेको उनले बताए। ती खेलाडी आज बिहान पोखराका लागि प्रस्थान गरेका छन्। हकी खेलका लागि छनोट हुनेमा पुरुषतर्फ उमेश श्रेष्ठ, नवीनकुमार महतो, रूपेश राई, अजयकुमार साह, पुरुषोत्तम महतो, अजयकुमार महतो, अमित राय छन्।

त्यस्तै, महिलातर्फ अञ्जलीकुमारी महतो, भूमिकाकुमारी महतो, नीराकुमारी महतो, आरतीकुमारी महतो, मधुकुमारी साह, प्रीतिकुमारी महरा, अञ्जलीकुमारी साह र श्रुती राय छन्। त्यसैगरी खो–खो खेलतर्फ रूपा राई छनोट भएकी छिन्। आफ्नो पालिकाबाट यति धेरै संख्यामा खेलाडी सहभागी भएकामा आफूहरू निकै खुसी भएको मिथिला नगरपालिकाकी उपप्रमुख सुनितासिंह बुढाथोकीले बताइन्।

सुझावित समाचार