मंसिर ४ मा ६ हजारको \'महाभिडन्त\', उपेक्षामा महिला

सोमबार, २४ असोज, २०७९
डिजिटल संस्करण

मंसिर ४ मा हुने निर्वाचनका लागि ६ हजार दुईजनाको उम्मेदवारी परेको छ। १६५ प्रतिनिधिसभा सदस्य र ३३० प्रदेश सभा सदस्यका लागि आइतबार देशभर उम्मेदवारी दर्ता भएको हाे।

सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएमध्ये प्रतिनिधिसभातर्फ कुल २५ सय २६ जनाको उम्मेदवारी परेको छ। प्रतिनिधिसभातर्फ परेका उम्मेदवारीमध्ये २२ सय ९१ जना पुरुष छन् भने महिलाको संख्या दुई सय ३५ रहेको निर्वाचन आयोगले जनाएको छ। 

यस्तै, प्रदेश सभातर्फ कुुल ३४ सय ७६ जनाको उम्मेदवारी परेको छ। जसमा पुरुष उम्मेदवारी ३१ सय ७८ छन् भने महिला उम्मेदवारको संख्या दुई सय ९७ छ। प्रदेश सभातर्फ एकजना उम्मेदवारी अन्य कोटामा परेको आयोग जनाएको छ। 

सुझावित समाचार