सन्दीपविरुद्ध सात दिन म्याद थप

सोमबार, २४ असोज, २०७९
डिजिटल संस्करण
सन्दीपविरुद्ध सात दिन म्याद थप

फाइल तस्बिर

नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिन म्याद थप भएको छ।

जिल्ला अदालत काठमाडौंबाट २० असोजबाट गणना हुने गरी लामिछानेविरुद्ध सात दिन म्याद थप भएको अधिवक्ता सुवास पाठकले जानकारी दिए। प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्न १० दिनकाे समय माग गरेको थियाे।

१७ वर्षीया एक किशोरीले बलात्कृत भएको भन्दै लामिछानेविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा प्रहरीले कतारको दोहाबाट बिहीबार (असोज २० गते) बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि उनलाई पक्राउ गरेको थियो।

सुझावित समाचार