प्रधानमन्त्री देउवाविरुद्ध डडेल्धुराबाट सागर ढकालको उम्मेदवारी

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

गुल्मीका सागर ढकालले डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तासँगै ढकाल प्रधानमन्त्री तथा नेपाली कांगेसका सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी बनेका छन्। यस क्षेत्रबाट नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ल पनि एमालेको समर्थनसहित चुनावी मैदानमा छन्।

यता देउवाले पत्नी डा. आरजू राणा देउवामार्फत् मनोनयनपत्र दर्ता गराएका छन्। कार्यव्यस्तताका कारण उनले वारेसनामामार्फत् उम्मेदवारी दिएका हुन्। देउवा २०४८ सालयतादेखि डडेल्धुराबाट अपराजित छन्। यहाँबाट चुनाव जित्दै अहिले पाँचौंपटक उनी देशको प्रधानमन्त्री छन्।

सुझावित समाचार