बाजुरामा एमालेबाट थापा र गठबन्धनका पाण्डेबीच प्रतिस्पर्धा

शनिबार, २२ असोज, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा एमालेको तर्फबाट पोलिटब्युरो सदस्य कर्णबहादुर थापा र गठबन्धनको तर्फबाट कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्रीप्रसाद पाण्डेबीच प्रतिस्पर्धा हुने भएका छन्।

एमालेका उम्मेदवार थापा २०७० मा संविधानसभा सदस्यको निर्वाचनमा विजयी भएका थिए। उनी पूर्वमन्त्रीसमेत भइसकेका छन्। यस्तै, कांग्रेसका सहमहामन्त्री पाण्डे ०७४ सालमा समानुपातिकतर्फबाट संसद् बनेका थिए।

See More On

सुझावित समाचार