तिंकरमा हिमपात, जनजीवन प्रभावित

शनिबार, २२ असोज, २०७९
डिजिटल संस्करण

तीन दिनदेखि लगातार परेको वर्षापछि व्याँस गाउँपालिका– १ को छाँगरू र तिंकरमा हिमपात सुरु भएको छ । शुक्रबार बिहानबाटै हिमपात सुुरु भएको हो । चीनको सीमानजिकै रहेको तिंकर गाउँ र भारतीय अतिक्रमणमा रहेको कालापानीनजिकैको गाउँ छाँगरूमा हिमपात सुरु भएको हो ।

अहिलेसम्म ६ इन्चको हाराहारीमा हिउँ जमेको तिंकरका स्थानीय खेमराज तिंकरीले जानकारी दिए । हिउँ पर्ने क्रम जारी रहेको छ । हिउँ पर्न थालेका कारण चिसो अत्यधिक बढेको छ । यस वर्षको पहिलोपटक गाउँमा हिउँ आएको हो । छाँगरू र तिंकरका यी गाउँ समुद्री सतहबाट तीन हजार दुई सय मिटर उचाइमा छन् । 

हिउँ परेपछि चरिचरनमा समस्या भएको छ । चिसो बढेका कारण स्थानीय आगो तापेर दिन बिताउन बाध्य छन् 
 

See More On

सुझावित समाचार