धरान–धनकुटा सडकखण्डमा गुडिरहेको बसमा आगलागी

शुक्रबार, २१ असोज, २०७९
डिजिटल संस्करण
धरान–धनकुटा सडकखण्डमा गुडिरहेको बसमा आगलागी

फाइल तस्बिर

कोसी राजमार्गको धरान–धनकुटा सडकखण्डको भेडेटारनजिक गुडिरहेको बसमा आगलागी भएको छ। 

काठमाडौंबाट धनकुटातर्फ जाँदै गरेको ना.६ ख ७६९० नम्बरको मितेरी बसमा शुक्रबार अपराह्न साढे ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ। 

३५ यात्रु सवार बसमा विद्युत् सर्ट हुँदा आगलागी भएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक रामप्रसाद शर्माले बताए। उनका अनुसार बस पूर्ण रूपमा क्षति भए पनि मानवीय क्षति भने भएको छैन।  

सुझावित समाचार