बाजुराको त्रिवेणी नगरपालिका– १ छतारा बस्ने एक पुरुष मृत फेला परेका छन् । मंगलबार दसैँ मेला हेर्न घरबाट निस्किएका अन्दाजी ४७ वर्षीय जहरी चँदारा मृत फेला परेका हुन् ।
मेला भएको ठाउँनजिकै धानबारीमा बुधबार उनको शेव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीले घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ।