इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुको मुख्य प्रायोजनमा नेपालमै पहिलोपटक एकसाथ पब्जी र फ्रिफायर प्रतियोगिता हुने भएको छ । २२ सेप्टेम्बरदेखि सुरु हुने यो ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’ नोभेम्बरमा सम्पन्न हुने भएको छ ।
पाँच हजार टिम सहभागी हुने अपेक्षा राखिएको पब्जी र फ्रिफायर प्रतियोगिताको कुल पुरस्कार राशि चार लाख रुपैयाँ रहेको छ । यसबाहेक विजेता खेलाडीका लागि विभिन्न गिफ्ट ह्याम्परसमेत रहेको सुबिसुले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमले १५ सेप्टेम्बरदेखि सुरु गरी २० सेप्टेम्बरसम्म रजिस्ट्रेसन गर्न सकिनेछ । इच्छुक सहभागीहरूले सुबिसुको फेसबुक पेज तथा इन्स्टाग्राम पेजमार्फत प्रतियोगिताबारे थप जानकारी प्राप्त गर्नुका साथै गेमको ‘रुलबुक’समेत हेर्न सक्नेछन् ।
प्रतियोगितामा जे म्युजिक एचडी ब्रोडकास्टिङ पार्टनरका रूपमा रहेको छ भने इभेन्ट पार्टनरमा ओटुका जात्रा छ । सुरुवाती राउन्डहरू भर्चुअल रूपमा आयोजना हुने भए पनि फाइनल खेलहरू भने भौतिक उपस्थितिमा सम्पन्न हुने बताइएको छ ।