कार्यालय समयमा अनिवार्य पूरा बाहुला भएको पोसाक लगाउनू : स्वास्थ्य मन्त्रालय

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा अनिवार्य रूपमा पूरा बाहुला भएको पोसाक लगाउन कर्मचारीहरूलाई आग्रह गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै डेंगुबाट बच्नका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोसाक लगाउन आग्रह गरेको हो।

कार्यस्थल वरपर सफा राख्न र अनिवार्य पूरा बाहुला भएको पोसाक लगाउन मन्त्रालयले सरकारी, सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई सचेत गराएको हो।

विशेष गरी बिहान र बेलुकीको समयमा डेंगु सार्ने एडिज जातको लामखुट्टे सक्रिय रहने भन्दै मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्न, डेंगु संक्रमणको जोखिम कम गर्न कर्मचारीहरूलाई आग्रह गरेको छ।

See More On

सुझावित समाचार