पाल्पामा बढ्दै डेंगु संक्रमण, एक सातामा थप २३ जना संक्रमित

मंगलबार, २१ भदौ, २०७९
डिजिटल संस्करण

पाल्पामा पछिल्लो समय डेंगु संक्रमण बढ्दै गएको छ। एक सातामा थप २३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार भदाै १३ देखि १९ गतेसम्म थप २३ जनामा डेंगु संक्रमण भएसँगै यो वर्ष जिल्लामा डेंगु संक्रमितको संख्या ४७ पुगेको छ।

पछिल्लोपटक गरिएको परीक्षणमा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा १० र लुम्बिनी मेडिकल कलेजमा उपचाररत १३ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए।

आव ०७७/७८ मा डेंगु संक्रमितको संख्या शून्य रहेकोमा गत आर्थिक वर्षमा जिल्लाभर २७ जनामा देखिएको थियो। तर, चालू आर्थिक वर्षको दुई महिना नपुग्दै संक्रमितको संख्या बढेर ४७ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले बताए।

याे पनि : डेंगुबाट बच्न के गर्ने ?

See More On

सुझावित समाचार