टिकटक बन्द गर्नुपर्ने मागसहित सप्तरीमा प्रदर्शन

बुधबार, १५ भदौ, २०७९
डिजिटल संस्करण

सप्तरीका युवाहरू टिकटक एप बन्द गर्ने अभियानमा जुटेका छन्। समाजमा अश्लीलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा बुधबार टिकटक एप बन्द गर्नका लागि प्रदर्शन गरे।

विभिन्न ठाउँबाट टिकटक एप बन्दको आवाज आउन लागेका वेला टिकटक बन्द संघर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज ज्ञापन-पत्र बुझाएको संघर्ष समिति अभियानका जिल्ला संयोजक सच्चिदानन्द यादवले जानकारी दिए। प्रदर्शनमा उत्रेका युवाहरूले ‘टिकटक बन्द गर’, ‘टिकटकमा अश्लीलता भिडियो बनाउनेलाई कारबाही गर’, ‘टिकटक भगाऊँ आफ्नो संस्कृति बचाऊँ’, ‘टिकटक बन्द संघर्ष समिति जिन्दावाद’लगायतका नारासहित विरोध प्रदर्शन गरेका थिए।

समाजमा अश्लीलताको सीमा नाघ्दै सामाजिक सञ्जालको व्यापक दुरुपयोग भइरहेको युवाहरूको आरोप छ। नेपालमा टिकटकमा सामाजिक विकृति मौलाउने खालका गतिविधिहरू अधिक नै बढ्न थालेपछि टिकटक बन्द संघर्ष समितिले ज्ञापन-पत्र बुझाएको हो। 

सुझावित समाचार