नेपालले दोस्रो विकेट पनि गुमायो

बिहिबार, ९ भदौ, २०७९
डिजिटल संस्करण

१३१ रनको मध्यम लक्ष्य पछ्याइरहेको नेपालले केन्यासँगको खेलमा दोस्रो विकेट पनि गुमाएको छ। पवन सर्राफ आउट भएपछि आएका मोहम्मद आसिफ १९ रन बनाएर आउट भएका हुन्। 

पवन आठौँ ओभरको पहिलाे बलमा डिफेन्सिभ सट खेल्न खोज्दा ओधियाम्बोको बलमा क्लिन बोल्ड भए। ताजा अवस्थामा नेपालले दुई विकेट गुमाएर ४९ रन बनाएको छ। 

यसअघि नेपालले दोस्रो ओभरमै विकेट गुमाएको थियो। ओपनिङ ब्याटर पवन सर्राफ लुकासको बलमा मिड विटेकमा समातिएका थिए। पहिलो टी–२० क्रिकेट म्याच चलिरहेको नेपाललाई पहिले ब्याटिङ गरेको केन्याले सात विकेट गुमाएर निर्धारित २० ओभरमा १३१ रनको लक्ष्य दिएपछि नेपाल लक्ष्य पछ्याइरहेको छ। 

अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र उपकप्तान रोहित पौडेल छन्। 
 

सुझावित समाचार