प्रदीप गिरिको सम्झनामा शाश्वतधाममा विशेष पूजा

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

कांग्रेस नेता प्रदीप गिरिको सम्झनामा सिजी शाश्वतधामस्थित एकाम्बरेश्वर महादेव मन्दिरमा विशेष पूजा आयोजना गरिएको छ। शनिबार निधन भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गिरिको मुक्ति र वैकुण्ठवासको कामनासहित श्रीमदभागवतगीता पाठ र श्रद्धाञ्जली अर्पण गरिएको हो।

४६ ब्राह्मण सहभागी विशेष पूजामा कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी पनि सहभागी थिए। चौधरी स्वर्गीय नेता गिरिका निकट मित्र हुन्।

सुझावित समाचार