निर्वाचन घोषणा-पत्र बनाउने जिम्मेवारी वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई

शनिबार, ४ भदौ, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र) ले आगामी निर्वाचनका लागि  पार्टीकाे घाेषणा-पत्र तयार गर्ने जिम्मेवारी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले पदाधिकारीहरूको टुंगो लगाउँदै उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणा-पत्र मस्यौदा समिति गठन गरेको हो ।  

उक्त समिति सदस्यहरूमा महासचिव देव गुरुङ, गिरिराजमणि पोख्रेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोख्रेल, गणेश शाह, परशुराम तामाङ, अमृता थापा, पर्शुराम रम्तेल, जगत सिम्खडा, जाकिर हुसेन, हरि रोका, मीनबहादुर श्रेष्ठ, मीरा ढुंगाना र कृष्ण चौधरी रहेका छन् । 

सुझावित समाचार