प्रतितोला चार सयले घट्यो सुनको मूल्य

शुक्रबार, ३ भदौ, २०७९
डिजिटल संस्करण

सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु. ९५ हजार पाँच सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु. ९५ हजार नौ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य  प्रतितोला रु. चार सयले घटेको हो।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९५ हजार छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९५ हजार चार सय थियो।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. १० ले घटेर रु. एक हजार एक सय ८५ तोकिएकोे छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। रासस

सुझावित समाचार