अन्तरसंघर्षको चेतावनी दिएको भोलिपल्टै देउवाले गरे कोइरालासँग संवाद

संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालासँग बालुवाटारमा एकघण्टा छलफल

आइतबार, २९ साउन, २०७९
डिजिटल संस्करण

अस्तित्व रक्षाका लागि पार्टीभित्र अन्तरसंघर्ष गर्ने चेतावनी दिएको भोलिपल्टै कांग्रेस सभापति शेरबहादुर देउवाले संस्थापनइतर समूहसँग संवाद थालेका छन् । त्यसक्रममा देउवाले आइतबार समूहका नेता डा. शेखर कोइरालासँग एकघण्टा छलफल गरे ।                                                                                      


प्रधानमन्त्रीसमेत रहेका देउवाले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार बोलाएर आइतबार कोइरालासँग छलफल गरेको नेता जगदीश्वरनरसिंह केसीले जानकारी दिए । भेटमा असन्न निर्वाचन, उम्मेदवार चयनलगायत पार्टीको आन्तरिक विषय कुराकानी भएको बताइएको छ । 
इतरसमूहले शनिबार राजधानीमा आफ्ना दोस्रो तहका नेताहरूको भेला गरी पार्टी सभापति देउवाले आफ्नो विचार समूहलाई बेवास्ता गरेको निष्कर्ष निकाल्दै अस्तित्व रक्षाका लागि पार्टीभित्र अन्तरसंघर्ष आवश्यक रहेको निष्कर्ष निकालेको थियो ।


पाँचदलीय कार्यदलले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट बाँडफाँडसम्बन्धी प्रस्ताव बनाउन काम गरिरहेका वेला कांग्रेसको संस्थापन इतर समूह पार्टीभित्र दबाब बनाउन अग्रसर देखिएको छ । डा. कोइराला र महामन्त्री गगनकुमार थापा नेतृत्वको समूहले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा न्यायोचित वा ४० प्रतिशत टिकट आफ्नो पक्षले पाउनुपर्ने माग राखेको छ । 
 

सुझावित समाचार