गोरखाकाे पालुङटारमा कुटपिटबाट एक पुरुषको मृत्यु

आइतबार, २९ साउन, २०७९
डिजिटल संस्करण

गोरखाको पालुङटारमा कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ । पालुङटार नगरपालिका– ५ धरमपानीमा गएराति एक पुरुषको कुटपिटबाट ज्यान गएको हो ।  गएराति १० बजेतिर भएको घटनामा परी स्थानीय ३५ वर्षका बुद्धि विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए ।

ठाटीपोखरीमा भएको रोपाइँ जात्रा हेरेर फर्किने क्रममा भएको दुई पक्षबीचको झडपमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा परेर घाइते भएका उनलाई आँपपिपल अस्पताल पुर्याएपछि अस्पतालले उनलाई मृत  घोषणा गरेको थियो ।

घटनामा संग्लन रहेको आशंकामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ । 

सुझावित समाचार